अष्ट्रेलियाले एप्पल, गुगल पे जस्ता डिजिटल भुक्तानीलाई नियमन गर्न कानुन संशोधन गर्ने

Technology Khabar १२ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

अष्ट्रेलियाले एप्पल, गुगल पे जस्ता डिजिटल भुक्तानीलाई नियमन गर्न कानुन संशोधन गर्ने भएको छ।

अष्ट्रेलिया सरकारले एप्पल पे, गुगल पे र अन्य डिजिटल भुक्तानी सेवाहरूलाई यस हप्ता संसदमा पेश गरिने कानुनको हिस्साको रुपमा क्रेडिट कार्ड र अन्य भुक्तानीहरू जस्तै नियामक छाता मुनि ल्याइने सोमबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

एप्पल, गुगल, विच्याट विकासकर्ता टेनसेन्ट लगायत वालेट अस्ट्रेलियामा लोकप्रिय छन्। तर यिनीहरु अस्ट्रेलियाको भुक्तानी कानुन अन्तर्गत रहेका छैनन्।

गत महिना पहिलो पटक प्रस्तुत गरिएको कानूनले नयाँ र उदीयमान प्रविधिमा लागू हुने गरी भुक्तानीहरू नियमन गर्न अष्ट्रेलियाको रिजर्व बैंकलाई अधिकार दिने कानुनलाई फराकिलो बनाउनेछ।

‘हामी अष्ट्रेलियाको भुक्तानी प्रणालीलाई अहिले र भविष्यमा हाम्रो अर्थतन्त्रको आवश्यकताहरू पूरा गर्न सुनिश्चित गर्न आधुनिकीकरण गर्दैछौं,’ कोषाध्यक्ष जिम चाल्मर्सले एक विज्ञप्तिमा भने, ‘हामी सुनिश्चित गर्न चाहन्छौं कि डिजिटल भुक्तानीको बढ्दो प्रयोगले हाम्रो सम्पूर्ण अर्थतन्त्रमा बढी प्रतिस्पर्धा, नवीनता र उत्पादकत्वलाई बढावा दिन मद्दत गर्दछ।’

चाल्मर्सको कार्यालयका अनुसार बुधवार वा बिहीबार कानून पेश गर्ने तयारी गरिएको छ।

नियामकले विशेष गरी युवाहरूमाझ डिजिटल वालेटहरूको द्रुत बृद्धिलाई प्रतिक्रिया दिइरहेका छन्।

जुनको त्रैमासिकमा सबै कार्डबाट हुने भुक्तानी मध्ये डिजिट वालेटको हिस्सा ३५ प्रतिशत छ। २०२० को जुनमा डिजिटल वालेको हिस्सा जम्मा १० प्रतिशत थियो।

१८ देखि २९ वर्ष उमेर समूहका दुई तिहाइ अस्ट्रेलियालीहरूले मोबाइल भुक्तानी प्रयोग गर्छन्। कोभिड १९ महामारी अघि यो २० प्रतिशत भन्दा कम थियो।

प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया