Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रविधिको प्रयोग गरी आफ्नो सेवा प्रभावकारी बनाउने क्रममा क्युआर कोड प्रयोगमा ल्याएको छ।
प्रहरी सेवालाई आधुनिकीकरण गर्दै नागरिकका गुनासो तथा सुझाव यथाशीघ्र सम्बोधन गर्न क्युआर कोड प्रचलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
परम्परागत तरिकाबाट सेवा दिइँदै आएकोमा क्युआर कोड प्रचलनमा आएसँगै सेवामा नागरिकलाई सहजतासँगै पहुँच वृद्धि र छिटो सेवा प्रवाह हुने प्रहरी कार्यालयको विश्वास छ।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार