इयूटेल वनवेबलाई स्याटेलाइट ब्रोडब्यान्ड सेवाको लागि भारतीय नियामकबाट स्वीकृति प्राप्त

Technology Khabar ७ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

स्याटेलाइट अपरेटर इयूटेल वनवेबले स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरूको लागि भारतीय नियामकबाट स्वीकृति प्राप्त गरेको छ।

इयूटेल वनवेबले भारतमा आफ्नो व्यावसायिक स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू सुरू गर्न सरकारी स्याटेलाइट सेवा अनुमति दिने भारतीय निकाय इन-स्पेसबाट आवश्यक प्राधिकरणहरू प्राप्त गरेको रिपोर्ट गरेको छ।

यो अनुमतिको अर्थ इयूटेल वनवेबले भारत सरकारद्वारा स्पेक्ट्रम बितरण प्रदान गर्ने बित्तिकै व्यावसायिकरुपमा ब्रोडब्याण्ड कनेक्सन सेवाहरू सुरु गर्न सक्छ।

भारती एयरटेलको स्वामित्वमा रहेको वनवेब इन्डिया यो अनुमति प्राप्त गर्ने पहिलो संस्था हो। इयूटेल वनवेब लो अर्थ अर्बिट अपरेटर, इयूटेलस्याट समूहको हिस्सा हो। इयूटेल वनवेबको कन्स्टलेसनमा ६४८ भूउपग्रहहरू छन् र भारतमा लगभग २१ जीबीपीएस थ्रुपुट प्रदान गर्ने अपेक्षा गरिएको छ।

भारती एयरटेलको इयूटेल वनवेबले भारतका ग्रामीण र जडान नभएका क्षेत्रहरूमा इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीले मानिसहरुलाई उच्च गति र कम लेटन्सीयुक्त इन्टरनेट उपलब्ध गराउने वाचा गरेको छ । वनवेब इन्डियासँग पहिले नै दूरसञ्चार विभागबाट आवश्यक इजाजतपत्रहरू छन् भने गुजरात र तमिलनाडुमा दुईवटा गेटवे स्थापना गर्न स्वीकृति प्राप्त गरिसकेको छ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया