
काठमाडौं ।
च्याटजीपीटी बनाउने ओपनएआईबाट अपदस्थ गरिएका सीईओ साम अल्टम्यानले कथित रूपमा लगानीकर्ताहरूलाई उनी नयाँ आर्टिफिसियल इन्टेलिजेन्स अर्थात कृत्रिम बुद्धिमत्ता (एआई) उद्यम सुरु गर्ने योजनामा भएको बताएका छन्।
आइतवार उनले एक्समा पोस्ट गर्दै भनेका छन्- म ओपनएआई टीमलाई माया गर्छु।
ओपनएआईका पूर्व सह-संस्थापक र अध्यक्ष ग्रेग ब्रोकम्यान (जसले अल्टम्यानको फायरिङ पछि कम्पनीबाट राजीनामा दिएका थिए) पनि यस प्रयासमा सामेल हुने सम्भावना छ, र परियोजना अझै विकासको चरणमा भएको द इन्फर्मेसनले रिपोर्ट गरेको छ।
“इन्टरप्राइजको सही विवरण अझै थाहा छैन,” रिपोर्टले शनिबार राति भन्यो, “यसैबीच, एआईको विकासमा अल्टम्यानको फराकिलो महत्वाकांक्षाको बारेमा थप विवरणहरू पनि देखा परेका छन्।”
उनी चिप डिजाइनर आर्मसहित सेमिकण्डक्टर अधिकारीहरूसँग वार्तामा छन्।
“यो प्रयास सम्भवतः वर्षौं लाग्नेछ,” रिपोर्टले भन्यो।
सेप्टेम्बरमा देखापरेका रिपोर्टहरूकाअनुसार एप्पलका पूर्व प्रमुख डिजाइनर जोनी इभ र अल्टम्यानले एआई हार्डवेयर उपकरण सुरू गर्न टोली बनाउने विचार गरिरहेका थिए जुन, यदि लागू गरियो भने, यो आफ्नो प्रकारको पहिलो हुनेछ।
“सफ्टबैंकका सीईओ र लगानीकर्ता मासायोशी सनले दुईजनासँग विचारको बारेमा कुरा गरेका छन्,” द इन्फर्मेशनले यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
यद्यपि, ओपनएआईका हार्डवेयर प्रयासहरू धेरै प्रारम्भिक चरणहरूमा छन्।
ओपनएआईसँग एक पटक रोबोटिक्स अनुसन्धान विभाग थियो, तर प्राविधिक अवरोधहरूको सामना गरेपछि जुलाई २०२१ मा यसलाई खारेज गरियो।
प्रकाशित: ४ मंसिर २०८०, सोमबार