
काठमाडौं ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा छ महिनादेखि टेलिफोन सेवा बन्द भए पनि सञ्चालनको पहल हुन सकेको छैन। आवश्यक टेलिफोन टावरको व्यवस्था नहुँदा बेला बेला सेवा अवरुद्ध हुने गरेकाले नगरबासी समस्यामा परेका छन्।
तिलागुफा नगरपालिका-७ कोत्ताकुमारी साहीले आफन्तसँग फोन सम्पर्क गर्न नपाउँदा आफूहरू निकै चिन्तित भएको बताए।
तिलागुफा नगरपालिका-३ का वडाध्यक्ष पर्थबहादुर नाडीले नेपाल टेलिकमले आफ्नो नगरपालिकाप्रति खासै नातो नदिएको आरोप
लगाए। उनले भने, “नाम मात्रको नगरपालिका छ तर मोबाइल सेवासमेत भरपर्दो नहुँदा हामी निकै समस्यामा छौं। नगरपालिका क्षेत्रका कुनै पनि ठाउँमा मोबाइलको टावरले काम गरेको छैन।”
वडा नं. ९ कामिल सुनारले २०७४ सालयता उस्तै अबस्था रहेको बताए। उहाँले दिनमा घाम लागेको खण्डमा कुनै ठाउँमा हल्का फोनले काम गर्ने, अन्य समय पूरै नगरपालिकामा सञ्चार असुविधा नै भएको उल्लेख गरे।
नेपाल टेलिकमले सुरुमा बनाएको मोबाइल फोनको टाबर पनि पुरानो भइसकेको छ। अन्य ठाउँमा टावर नभएकाले तिलागुफा नगरपालिका भित्रका नागरिक सञ्चार सेवाबाट बञ्चित हुँदै आएका छन्। गोरखापत्रबाट
प्रकाशित: २ मंसिर २०८०, शनिबार