टिकटकमाथिको प्रतिबन्ध सबै दलको सहमतिमा गरेको प्रधानमन्त्री प्रचण्डको भनाई

  • Technology Khabar | २८ कार्तिक २०८०, मंगलवार
टिकटकमाथिको प्रतिबन्ध सबै दलको सहमतिमा गरेको प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलको सहमतिमा सामाजिक सद्भाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन्।

भक्तपुरमा आज नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले  सत्तापक्ष, प्रतिपक्ष, र प्रमुख प्रतिपक्षसमेत सबैसँगको लामो बहस र सहमतिपछि टिकटक बन्द गरिएको बताएका हुन् ।

प्रधानमन्त्रीले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताए ।

‘समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने ? भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रमुख प्रतिपक्षसमेत । सबैको लामो बहस र सहमति पछि समेत, अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन उद्देश्यले गरेको हो । यो बहस हुँदै जाला । यसमा मत र विमति पनि होलान् । सरकारको उद्देश्य म प्रधानमन्त्री हुँदा नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको छु ।’ उनले भनेका छन्।

उनले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने हेरेर बन्द गरिएको स्पष्ट गरे।

प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...