टिकटक माथिको सरकारी प्रतिबन्ध बारे यस्तो छ मेयर बालेनको धारणा

  • Technology Khabar | २८ कार्तिक २०८०, मंगलवार
टिकटक माथिको सरकारी प्रतिबन्ध बारे यस्तो छ मेयर बालेनको धारणा
फाइल तस्विर

काठमाडौं ।

सरकारले टिकटकमाथि सोमबारदेखि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसैअनुसार दूरसञ्चार सेवा प्रदायकहरुले पनि टिकटकमा रोक लगाउन शुरु गरिसकेका छन्।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टिकटकमा सरकारले लगाएको प्रतिबन्ध बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस बारेमा आफ्नो विचार प्रस्तुत गरेका छन्। जसमा आफ्नो नाममा भएका फेक आइडी हटाउन कयौं पटक भनिएको खुलासा गरेका छन्।

उनले लेखेका छन्, “टिकटकलाई कयौँ पल्ट फेक आइडी हटाउन अनुरोध गर्यो, नेपाल प्रहरी साइबर क्राइम गुहार्यौ, नेपाल दूरसञ्चार प्राधिकरण नि गुहार्यौ । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता कुरामा ध्यान नदिएको अवस्था थियो, यसले गर्दा मेरो ब्यक्तिगतरुपमा धेरै नै फेक आईडिले गर्दा मेरो शुभचिन्तकहरु ले दुख पाउनु भएको अवस्था थियो।”

तर उनले टिकटक बन्द गरिनु समाधान नभएको भन्दै यसलाई विभिन्न तरिकाले नियमन र अनुगमन गर्न समेत सरकारलाई सुझाब दिएका छन्। भनेका छन्।उनले यसमार्फत धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको र साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटफर्म भएको उल्लेख गरेका छन्।

बालेनले लेखेका छन्, “अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नु होला। बन्द समाधान हैन, यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।”

प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार