सरकारी प्रतिबन्धसँगै इन्टरनेट र मोबाइल नेटवर्कमा चल्न छोड्यो टिकटक एप

  • Technology Khabar | २७ कार्तिक २०८०, सोमबार
सरकारी प्रतिबन्धसँगै इन्टरनेट र मोबाइल नेटवर्कमा चल्न छोड्यो टिकटक एप

काठमाडौं ।

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताएको छ।

सरकारको निर्णय लगत्तै दूरसञ्चार सेवा प्रदायकहरुले पनि आफ्नो सेवामार्फत टिकटकमा पहुँच बन्द गरेका छन्।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयलाई उल्लेख गर्दै तत्काल टिकटकमा पहुँच रोक्न निर्देशन दिएको थियो। सोही निर्देशन पालना गर्दै सेवा प्रदायकहरुले टिकटकमा पहुँच बन्द गराएका छन्।

हाल मोबाइल अपरेटरहरुका साथसाथै इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेटमा पहुँच गर्दा टिकटक चल्न छोडेको देखिएको छ।

टेक्नोलोजीखबरले केहि सेवा प्रदायकहरुको इन्टरनेटमा टिकटक चल्न छोडेको देखेको छ।

यसमा मोबाइल अपरेटरका साथसाथै इन्टरनेट सेवा प्रदायकहरु दुबैको इन्टरनेट सेवा समावेश रहेको छ।

यी सेवाहरुमार्फत टिकटकको एप स्मार्टफोनमा चलाउन खोज्दा इरर देखाएको छ। जसमा अंग्रेजीमा भनिएको छ, “समथिङ्ग वेन्ट रंग प्लिट ट्राइ लेटर”

यस्तै एक इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन आएसँगै टिकटकको आईपी ठेगाना बन्द गरेको जानकारी दिएका छन्।

यसका साथै एक टेलिकम अपरेटरहरुले पनि एप बन्द गरेको जानकारी दिएका छन्। यसमध्ये नेपाल टेलिकमको डाटामार्फत टिकटक एप चलाउँदा पनि चलेन्।

केहि मोबाइलहरुमा भने क्यास डाटा ब्याकअपमा भएका भिडियोहरु देखिएका छन्। तर ति पनि बिचमा रोकिँदै चलेको देखिन्छ।

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार