अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको विज्ञापनरहित निशुल्क स्ट्रिमिङ सेवा सुरु

  • Technology Khabar | २५ कार्तिक २०८०, शनिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको विज्ञापनरहित निशुल्क स्ट्रिमिङ सेवा सुरु

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘नासा प्लस’ नामक नयाँ स्ट्रिमिङ सेवा सुरु गरेको छ। यसले दर्शकहरूलाई डक्युमेन्ट्रिहरु, शैक्षिक भिडियोहरू तथा नासा मिशनहरूको प्रत्यक्ष कभरेजसहित अन्तरिक्ष-सम्बन्धित सामग्रीहरु प्रदान गर्ने उल्लेख छ।

सेवा पूर्णरूपमा नि:शुल्क र विज्ञापन-रहित रहेकाे छ। यसले सबै उमेरका अन्तरिक्ष उत्साहीहरूका लागि मूल्यवान स्रोत बनाउने उल्लेख छ।

स्ट्रिमिङ सुविधा नासा प्लस एजेन्सीको वेबसाइट तथा नासा एपमार्फत उपलब्ध रहने छ। याे एक प्रमुख ओभरहलको साथ अप्डेट गरिएको बताइएकाे छ।

एपले अब  सर्च बारकाे  साथ क्लिन इन्टरफेस सुविधा दिनेछ। यसले  टाइप गर्दा सान्दर्भिक भिडियोहरूकाे सुझाव दिने उल्लेख छ। प्रयोगकर्ताहरूले  कन्टेन्टको प्रकार, सिरिजको नाम र विषयअनुसार भिडियोहरू पनि फिल्टर गर्न सक्नेछन्।

हालका कन्टेन्टको एक्सटेन्सिभ लाइब्रेरीकाे अतिरिक्त, नासा प्लस धेरै ओरिजीनल सिरीजहरूको घर पनि रहेकाे छ, जसमा ब्रह्माण्डका रहस्यहरू अन्वेषण गर्ने “अदर वर्ल्डस” लगायत समावेश रहेका उल्लेख छ।

“स्पेस आउट,” अन्तरिक्ष अन्वेषणमा एक हास्य दृश्य; र “फर्स्ट लाइट, जस्ता रिरिजहरुले नासाको सबैभन्दा प्रतिष्ठित मिशनहरू सम्भव बनाएका मानिसहरूका कथाहरू बताउने बताइएकाे छ।

प्लेटफर्ममा २१ हजार तस्विरहरू, पोडकास्टहरू, समाचारहरू तथा फीचर कथाहरू, र लाइभ इभेन्ट कभरेजहरूको सूची रहेकाे छ। यसले पहिले नै ३० मिलियन भन्दा बढी डाउनलोडहरू प्राप्त गरिसकेको गिज्माेचाइनामा उल्लेख छ।

नासा प्लसले स्पेनिस-ल्याङ्ग्वेज कन्टेन्टहरु, एनिमेटेड किड्स शाेहरू, र नासा मिशनहरूको आगामी लाइभ स्ट्रिमहरू पनि समावेश गर्ने बताइएकाे छ। एजेन्सीले नियमित रूपमा सेवामा नयाँ सामग्री थप्ने योजना पनि बनाएको उल्लेख छ।

नासा प्लस अन्तरिक्षमा रुचि राख्ने सबैका लागि ठूलो स्रोत भएको र यसले सामग्रीको विस्तृत विविधता प्रदान गर्ने तथा ती सबै नि:शुल्क र विज्ञापन-रहित रहेका बताइएकाे छ।

प्रकाशित: २५ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार