एफवान सफ्ट ग्रुपले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
एफवान सफ्ट ग्रुपले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ

काठमाडौं ।

नेपालको अग्रणी फिनटेक समूह एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ।

ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रू ३० लाख जम्मा गरेको हो। कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन्।

केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ। उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार