Technology Khabar २४ कार्तिक २०८०, शुक्रबार
काठमाडौं ।
गुगलले १२० भन्दा बढी नयाँ देशहरू र क्षेत्रहरूमा खोजमा जेनेरेटिभ एआई ल्याइरहेको घोषणा गरेको छ। यसका साथमा, सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीइ) ले अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विस्तार पाएको हो।
एसजीइ सुरुमा अमेरिकामा मात्र उपलब्ध थियो। त्यसपछि भारत र जापानमा विस्तार भयो। हाल मेक्सिको, ब्राजिल, दक्षिण कोरिया, इन्डोनेसिया, नाइजेरिया, केन्या, र दक्षिण अफ्रिका सहित धेरै ठाउँहरूमा विस्तार भएकाे उल्लेख छ।
हाल, नयाँ देशहरूमा, प्रयोगकर्ताले डेस्कटपमा खोज प्रयोगशालाहरूमा गएर क्रोममा एसजीइ इनेबल गर्न सकिन्छ। आउँदो हप्तामा, एन्ड्रोइड र आईओएसमा गुगल एप मार्फत पनि पहुँच प्रदान गरिने बताइएको छ।
गुगलले एसजीइ प्रयोग गर्ने सबैका लागि स्पेनिश, पोर्चुगिज, कोरियाली र इन्डोनेसियाली गरि चार नयाँ भाषाहरू इनेबल गरेको छ।
त्यस्तै, प्रयोगकर्ताले खोज परिणाम पृष्ठबाट सिधै फलो-अप प्रश्नहरू सोध्न सक्ने पनि बताइएको छ। र विषय खोज जारी राख्दा, प्रयोगकर्ताले पृष्ठभरी ‘डेडिकेटेड एड स्लट’हरूमा सर्च एडसहित आफ्ना पूर्व प्रश्नहरू र खोज परिणामहरू हेर्न सकिन्छ। यो अपडेट आगामी हप्ताहरूमा रोल आउट हुने छ। यो संयुक्त राज्य अमेरिकामा अंग्रेजी भाषामा सुरु हुनेछ।
त्यस्तै छिट्टै नै यदि प्रयोगकर्ताले एसजीइलाई कुनै धेरै अर्थहरू हुन सक्ने शब्द भएका वाक्य ट्रान्सलेट गर्न दिएमा ती शब्दहरु अन्डरलाइनमा देखिने छ। यी मध्ये कुनै पनि शब्दहरूमा ट्याप गर्नाले सोचेको स्पेसिफीक मिनिङलाई संकेत गर्न दिने बताइएको छ।
यो एआई-संचालित ट्रान्सलेट क्षमता पहिलो पटक अमेरिकामा अंग्रेजीदेखि स्पेनिश अनुवादका लागि सुरु हुने उल्लेख छ। त्यस्तै भविष्यमा थप देश र भाषाहरूलाई समर्थन गरिने बताइएको छ।
कोडिङ र स्वास्थ्य सम्बन्धी सान्दर्भिक खोजहरूमा, केही शब्दहरू हाइलाइट हुनेछन्। प्रयोगकर्ताले तिनीहरूलाई तान्दा तिनीहरूको परिभाषा वा सम्बन्धित इमेजहरूको प्रिभ्यू देख्न सकिने जीएसएमएरिनामा उल्लेख छ।
प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार