सरकारले स्वीकृत गर्यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
सरकारले स्वीकृत गर्यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

काठमाडौं ।

सरकारले सामाजिक संजाललाई नियमन गर्नका लागि निर्देशिका लागू गरेको छ।

यहि कार्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो।

उक्त निर्देशिकामा नेपालमा सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, एक्स, भाइबर लगायत) सञ्चालन गर्न सूचीकृत हुनुपर्ने प्रावधान राखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

निर्देशिका कार्यान्वयनमा आएसँगै सूचीकृत नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्न सक्ने अधिकार सरकारसँग रहनेछ। सामाजिक सञ्जाल वा प्लेटफर्म चलाउन र प्रयोगकर्ताले पुरा गर्नुपर्ने दायित्व तथा जिम्मेवारी र स्वनियमनको विषय राखिएको बताईएको छ।

यसका साथै सामाजिक सञ्जाल तथा प्लेटफर्म सञ्चालकले गर्न नहुने कामको सूचीसमेत अनुसूची बनाएर राखिएको छ। त्यस्ता कामहरुमा फेक न्यूज, मिस इन्फर्मेसन, हेट स्पिच, जुवा, तास, वेश्यावृत्ति लगायत रहेको उल्लेख गरिएको छ।

सरकारले पास गरेको भनिएको उक्त निर्देशिका हालसम्म सार्वजनिक गरिएको छैन्।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार