मस्कको स्टारलिंकले मेक्सिकोको ग्रामिण क्षेत्रमा स्याटेलाइट इन्टरनेट प्रदान गर्ने

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
मस्कको स्टारलिंकले मेक्सिकोको ग्रामिण क्षेत्रमा स्याटेलाइट इन्टरनेट प्रदान गर्ने

काठमाडौं ।

इलन मस्कको रकेट निर्माता स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले डिसेम्बर २०२६ सम्म सेवा प्रदान गर्नका लागि मेक्सिकको राज्य ऊर्जा फर्मको टेन्डर प्राप्त गरेको छ।

मेक्सिककोको कमिसन फेडरल इलेक्ट्रिकड्याड (सीएफई)को निर्णय अनुसार सम्झौता ५१ मिलियनदेखि १०१ मिलियन अमेरिकी डलरबीच रहेको छ।

स्टारलिंकले यस सम्झौताका लागि दुई कम्पनीलाई पछि परेको डकुमेन्टमा भनिएको रोयटर्सले उल्लेख गरेको छ। स्टारलिंकले मूल्य र सर्तमा प्रतिस्पर्धी भन्दा राम्रो प्रस्ताव पेस गरेको थियो।

यो सम्झौताले सीएफईको ग्रामीण मेक्सिकोमा इन्टरनेट पहुँचको रोलआउटको लागि पूर्वाधार प्रदान गर्ने सीएफई मस्यौदा सम्झौतामा रोयटर्सले देखेको उल्लेख गरेको छ।

मस्यौदाले सम्झौता गत महिनादेखि सुरु भएको र ३१ डिसेम्बर २०२६ सम्म सञ्चालन हुने देखाउँछ।

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार