बुलेट बाइक उत्पादक कम्पनी रोयल इन्फिल्डले ल्याइरहेको छ विद्युतीय बाइक

  • Technology Khabar | २१ कार्तिक २०८०, मंगलवार
बुलेट बाइक उत्पादक कम्पनी रोयल इन्फिल्डले ल्याइरहेको छ विद्युतीय बाइक

काठमाडौं ।

बुलेट मोटरसाइकलका लागि चर्चित कम्पनी रोयल इन्फिल्डले पनि विद्युतीय बाइक ल्याउने तयारी गरिरहेको छ।

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइकको कन्सेप्ट मोडल नोभेम्बर ९ देखि सुरु हुने ईआईसीएमए २०२३ मा प्रस्तुत गर्न सक्नेछ। यो इलेक्ट्रिक बाइकको एडीभी कन्सेप्ट मोडल इटालीको मिलानमा हुने मोटर शोमा प्रस्तुत गर्न सकिनेछ।

रिपोर्टका अनुसार यो इलेक्ट्रिक बाइक रोयल इन्फिल्डले स्पेनी कम्पनी स्टार्कसँगको सहकार्यमा निर्माण गर्नेछ। स्टार्कलाई रोयल इन्फिल्डले गत वर्ष अधिग्रहण गरेको थियो। यो इलेक्ट्रिक बाइक रोयल एनफिल्ड र स्टार्क दुवैको संयुक्त प्लेटफर्ममा निर्माण हुनेछ।

पहिलो विद्युतीय अवधारणा बाइक

रोयल इन्फिल्डको यो एडीभी कन्सेप्ट बाइक स्टार्क भीएआरजीसँगको सहकार्यमा डिजाइन गरिएको हो। यसलाई ५९ बीएचपी वा ७९ बीएचपी इलेक्ट्रिक मोटरसँग लन्च गर्न सक्नेछ। यो इलेक्ट्रिक बाइकमा ६.५ किलोवाटको ब्याट्री पाउन सकिन्छ। गत वर्ष रोयल इन्फिल्डले स्पेनिस इलेक्ट्रिक बाइक निर्माण कम्पनी स्टार्कमा लगानी गरेको थियो।

कम्पनीको उद्देश्य नयाँ प्रविधिमा आधारित विद्युतीय बाइक विकास गर्नु हो। रिपोर्टका अनुसार बुलेट निर्माता रोयल इन्फिल्डले भविष्यमा इलेक्ट्रिक सेग्मेन्टमा करोडौं डलरको ठूलो लगानी गर्न सक्नेछ।

 

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार