एन्ट ग्रुपले एआई प्रोडक्ट लन्च गर्न चीनको स्वीकृति पायो

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
एन्ट ग्रुपले एआई प्रोडक्ट लन्च गर्न चीनको स्वीकृति पायो

काठमाडौं ।

एन्ट ग्रुपले आफ्नो ‘बेलिङ’ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लार्ज ल्यांग्वेज मोडेलबाट सञ्चालित प्रोडक्ट (उत्पादन) सर्वसाधारणका लागि सार्वजनिक गर्न चिनियाँ सरकारको स्वीकृति प्राप्त गरेको छ। एन्ट ग्रुपका प्रवक्ताले कम्पनीको बेलिङ एआईले चीन सरकारबाट स्वीकृति प्राप्त गरेको सोमबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

अन्य देशहरूको विपरीत, चीनले कम्पनीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरू सार्वजनिक गर्नु अघि सुरक्षा मूल्यांकन पेश गर्न र क्लियरेन्स प्राप्त गर्न अनिवार्य छ।

ईकमर्श जायन्ट अलिबाबाको ग्रुप फाइनान्सियल सहयोगीले सेप्टेम्बरमा फाइनान्स स्पेसिफाइ एआई मोडल लन्च गरेको र उत्पादनका लागि उपभोक्ता र व्यावसायिक एप्सको परीक्षण सुरु गरेको थियो।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार