बीवाईडीले अक्टोबर २०२३ मा ३ लाख भन्दा बढी प्लग–इन कार बेच्यो

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
बीवाईडीले अक्टोबर २०२३ मा ३ लाख भन्दा बढी प्लग–इन कार बेच्यो

काठमाडौं ।

चिनियाँ इभी ब्राण्ड बीवाईडीले उल्लेखनीय उपलब्धिको रुपमा अक्टोबर २०२३ मा प्लग–इन भेहिकल्सतर्फ ३ लाख इकाइहरू बिक्री गरेर आफ्नै बिक्री रेकर्डहरू पार गरेको छ। यो कम्पनीको इतिहासमा पहिलो पटक भएको जनाइएको छ।

यसले कम्पनीको लगातार छैटौं मासिक सेल्स (बिक्री) रेकर्डलाई दर्शाएको छ।

अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि

गत महिना बीवाईडीले ११,५०० हाई–इन्ड डेन्जा ईभीहरुसहित ३०१,०९५ पेसेनजर प्लग–इन कारहरू बिक्री गरेको छ र जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको जनाइएको छ।

चीनको सडकहरू मुख्य रूपमा बीवाईडीहरुले प्रभुत्त्व जमाएको र निर्यातले कुल बिक्रीको एक अंश मात्र बनाएको उल्लेख छ। यद्यपि, निर्यातको त्यो सानो टुक्राले अझै पनि रेकर्ड–ब्रेकिङ्ग ३०,५२१ भेहिकल्सलाई प्रतिनिधित्व गरेको छ।

प्लग–इन हाइब्रिड (पीएचईभी) माथि अल–इलेक्ट्रिक भेहिकल्सको प्राथमिकतालाई देखाएको छ। त्यसैगरी शुद्ध विद्युतीय कारहरूमा अघिल्लो वर्षको तुलनामा प्रभावशाली ६० प्रतिशत वृद्धि भएको र पीएचईभीमा भने तुलनात्मक रूपमा १९ प्रतिशतको वृद्धि देखिएको उल्लेख छ।

हालसम्म, बीवाईडीको प्यासेन्जर प्लग–इन सेल्स (बिक्री) को वार्षिक संख्या २.३७ मिलियन भन्दा बढि भेहिकल्स पुगेको र जुन गत वर्षको तुलनामा ७० प्रतिशतले बढेको जनाइएको छ।

त्यसैगरी यसमा अल–इलेक्ट्रिक मोडलहरूको पर्याप्त नेतृत्व समावेश रहेको र जसमा पीएचईभीको ६४ प्रतिशतको तुलनामा ७७ प्रतिशतले बढेको उल्लेख गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार