भूकम्प पीडितको नाममा इन्टरनेट र सामाजिक संजालबाट सहयोग माग्नेसँग सतर्क हुन प्रहरीको अनुरोध

  • Technology Khabar | १८ कार्तिक २०८०, शनिबार
भूकम्प पीडितको नाममा इन्टरनेट र सामाजिक संजालबाट सहयोग माग्नेसँग सतर्क हुन प्रहरीको अनुरोध

काठमाडौं ।

नेपाल प्रहरीले भूकम्प पीडितहरूको नाममा इन्टरनेट वा सामाजिक संजालबाट सहयोग माग गर्नेहरुसँग सावधान हुन आग्रह गरेको छ।

प्रहरीले सामाजिक संजालमार्फत भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको छ।

यसका साथै प्रहरीले इन्टरनेट स्क्यामर वा एक्सप्लोइटरहरूबाट सावधान रहन समेत सचेत गराएको छ।

प्रकाशित: १८ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार