ह्वावे पी २० र पी २० प्रो लन्च, लाईका ट्रिपल क्यामरा र आर्टिफिसियल इन्टेलिजेन्सको विशेषता

Technology Khabar २० चैत्र २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले बहु–प्रतिक्षित ह्वावे पी २० र ह्वावे पी २० प्रोको लन्च गरेको छ । ह्वावे पी २० प्रोमा विश्वकै पहिलो लाईका ट्रिपल क्यामरा छ र दुवै डिभाइसमा आर्टिफिसियल इन्टेलिजेन्सको फाइदाहरु छन्, जसमा प्रविधि र कलाको अद्भूत संगम छ, जसले एउटा छुट्टै स्मार्टफोनको अनुभव प्रदान गर्छ ।

ह्वावे पी २० सिरिज्को आगमनसँग ह्वावेले समस्त प्रयोगकर्ताको लागि सहजरुपमै एउटा अनुभवी फोटोग्राफरले झै फोटो खिच्ने सुविधा प्रदान गर्नेछ ।

‘ह्वावे पी २० सिरिज्ले लाईकासँगको हाम्रो समायोजनको सम्पदाको निर्माण गरेको छ । ह्वावे पी २० प्रोमा रहेको नवीनतम ट्रिपल क्यामरा र ह्वावे पी २०मा अत्याधुनिक डुअल क्यामरा र दुवैको शक्तिशाली आर्टिफिसियल इन्टिलिजेन्सले अहिलेका ग्राहकवर्गले आफ्नो संसारको उत्कृष्टतालाई आफ्नो क्यामरामा कैद गर्न सक्छन्,’ ह्वावे कन्ज्युमर बिज्नेस ग्रुपको प्रमुख कार्यकारी अधिकृत रिचर्ड युले भने।

कम्पनीकाअनुसार ह्वावे पी २० सिरिज्मा आधुनिक, इन्टेलिजेन्ट क्यामरा सिस्टम समावेश छ, जसले उपभोक्तालाई त्यस्तो विशेषता प्रदान गर्दछ, जसले स्मार्टफोन फोटोग्राफिको हरेक पक्षलाई उत्कृष्ट बनाउँछ।

किरिन ९७० प्रोसेसरका साथ ह्वावे पी २० सिरिज्ले स्वतः नै १९ विधाहरुमा ५०० भन्दा बढी सिनारियो पहिचान गर्न सक्छ र फोटोग्राफी मोड र क्यामरा सेटिङ छनोट गरी भर्खरैका फोटोग्राफरहरुका लागि समेत उत्कृष्ट र प्रोफेसनल (अनुभवी) देखिने इमेजहरु प्रदान गर्दछ।

यसका साथै ह्वावे एआईएसले ट्राईपोड बिना नै राती पनि हातले समातेर नै उत्कृष्ट लङ्ग एक्सपोजर ईमेज प्रदान गर्छ । ह्वावे पी २० सिरिज्को एआई एसिस्टेड कम्पोजिसन फिचरले गर्दा यो ग्रुप सटहरु र परिदृश्य खिच्नको लागि उत्कृष्ट छ।

ह्वावे पी २० र पी २० प्रोमा २४ मेगापिक्सेल सेल्फी क्यामराका साथ एआई ब्यूटिफिकेशन र थ्रीडी पोट्रेट लाईटिङ छ, जसको कारण यसले सुन्दर सेल्फीहरुका साथ स्कीन टोन पनि राम्ररी मिलाउँछ, अनुहारको डिटेलहरुलाई पनि राम्ररी आउटलाइन गरी वास्तविक थ्रीडी फिचर इन्हान्समेन्ट गर्ने कम्पनीको भनाई छ।

ह्वावे पी २० र पी २० प्रोमा रहेको सजिलै प्रयोग गर्न सकिने प्रविधिले गर्दा अनुभव नभएका नयाँ फोटोग्राफरहरुले पनि सजिलैसँग उत्कृष्ट सटहरु निकाल्न सक्छन्।

ह्वावे पी २० मा विश्वकै पहिलो लाईका ट्रिपल क्यामरा छ, जसमा अहिलेका आधुनिक स्मार्टफोनहरुको दाँजोमा सबैभन्दा बढी टोटल पिक्सल छ । यसको क्यामरा सिस्टममा ४० मेगापिक्सेल आरजीबी सेन्सर, २० मेगापिक्सेल मोनोक्रोम सेन्सर र टेलिफोटोलेन्सका साथ ८ मेगापिक्सेल सेन्सर छ । जसको कारण इमेजहरुमा बढी लाईट, इन्ट्रीकेट डिटेल र बढी जूम पाइन्छ।

यति मात्र होइन, ह्वावे पी २० मा लाईका डुअल क्यामरा छ । यसको क्यामरा सिस्टम जीवनको हरेक रमाइला पलहरु कैद गर्नको लागि उत्कृष्ट छ । यसको डुअल क्यामरामा १२ मेगापिक्सेल आरजीबी प्लस २० मेगापिक्सेलको मोनोक्रोम क्यामरा सेट–अप छ।

ह्वावे पी २० र पी २० प्रो नयाँ विशेष, फ्याशनेबल कलर ट्वीलाईट र पिङ्क गोल्डमा आउँछ । यसको ग्लास ब्याक मुनि गरिने विभिन्न लेयरको एनसिभिएम अप्टीकल कोटिङले गर्दा यसले यो विशेष कलर पाउँछ । यसको सरफेसमा लाइट पर्दा यो निकै आकर्षक देखिन्छ ।

यसको साथै ह्वावे पी २० र पी २० प्रो ब्ल्याक र मिडलाइट ब्लुमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७४, मंगलवार

तपाइको प्रतिक्रिया