
काठमाडौं ।
सामसङको २०२४ फ्ल्यागशिपहरूले स्न्यापड्रागनको उच्चस्तरको चिपको अर्को कस्टमाइज्ड भर्सन (अनुकूलित संस्करण) प्राप्त गर्ने भएको आइस युनिभर्सले जानकारी दिएका छन्।
अर्थात् ग्यालेक्सी एस २४ सिरिजका साथै फ्लिप ६ र फोल्ड ६ फोनहरु अब ग्यालेक्सीको लागि भनेर ओभरक्लक्ड स्न्यापड्रागन ८ जेन ३ द्वारा संचालित हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
त्यसैगरी चिपसेटमा एड्रेनो ७५० जीपीयू फिचर गरिने र यो १,००० मेगाहर्जमा चल्ने टिपस्टरले उल्लेख गरेका छन्। ग्यालेक्सी एस२३ सिरिज भित्र भने ग्यालेक्सीका लागि स्न्यापड्रागन ८ जेन २ मा ७१९ मेगाहर्जको पिक आउटपुट भएको एड्रेनो ७४० समावेश गरिएको छ। साथै अब क्लक स्पिडमा २८ प्रतिशतको वृद्धि हुनेछ।
क्वालकमले आधिकारिक रूपमा नियमित स्न्यापड्रागन ८ जेन ३ जीपीयूको क्लक स्पिडको बारेमा पुष्टि नगरेको हुनाले ग्यालेक्सी–एक्सक्लुसिभ संस्करणमा अपग्रेड ल्याउँछ वा ल्याउँदैन भन्ने निश्चित नभएको र सीपीयूले बुस्ट प्राप्त गर्ने सम्भावना पनि रहेका उल्लेख गरिएको छ।
त्यसैगरी केहि भर्सनले स्न्यापड्रागन ८ जेन ३ एसओसी र केहिले एक्सिनोस २४०० प्राप्त गर्ने भएकाले ग्यालेक्सी एस२४ परिवार भित्र स्प्लट (प्रतिस्पर्धा) हुनेछ। साथै पछिल्लो चर्चाहरूले सुझाव दिएअनुसार स्न्यापड्रागनले ग्यालेक्सी एस२४ अल्ट्रालाई र केही बजारहरूमा अन्य दुई फोनहरू पावर गर्ने उल्लेख छ।
साथै सोही चर्चाहरूका अनुसार एक्सिनोस २४०० ले युरोप र दक्षिण कोरियामा एस २४ र एस २४ प्लसको लागि छनोटको चिपसेट हुने थप उल्लेख गरिएको छ।
प्रकाशित: १८ कार्तिक २०८०, शनिबार