पोको सी६५ नोभेम्बर ५ मा लन्च हुने

Technology Khabar १७ कार्तिक २०८०, शुक्रबार

काठमाडौं ।

पोकोले अर्को सी सिरिज स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ। पोको सी६५ नोभेम्बर ५ मा लन्च हुनेछ। यसलाई गत फेब्रुअरीमा लन्च गरिएको पोको सी५५ को उत्तराधिकारीको रूपमा बजारमा ल्याइनेछ।

आगामी मोडेलमा समान मिडियाटेक हेलियो जी८५ चिपसेटमा ६८ जीबी र्याम र १२५ २५६ जीबी स्टोरेजमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

पछाडि अपडेटेड क्यामरा आईल्याण्ड डिजाइनमा राखिएको दुई अनस्पेसिफाइड मोड्यूका साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ। पोको सी६५ को डिजाइन रेडमी १३सी जस्तै छ, जुन सेक्टेम्बरमा लिक भएको थियो।

रिपोर्टका अनुसार रेडमी १३सी र पोको सी६५ मा एफएचडीप्लस रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेटका साथ ६.७५ इन्चको आईपीएस एलसीडी फिचर गरिनेछ। डिभाइस एन्ड्रोइड १३ सहित एमआईयूआई १४ अपरेटिङ सिस्टमबाट सञ्चालन हुन्छ। १८ वाटको चार्जिङमा ५००० एमएएच ब्याट्रीलाई दिइएको छ।

प्रकाशित: १७ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया