डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा

  • Technology Khabar | १६ कार्तिक २०८०, बिहीबार
डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा

काठमाडौं ।

डिशहोमले संचालन गरिरहेको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुडले नगद रु एक लाख जितेका छन् ।

२०८० कात्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत गुरुडले नगद रु एक लाख जितेको कम्पनीले जानकारी दिएको छ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु. दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ।

प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

YADEA Nepal unveils the all-new GS70, GT70 and GT80

  • Technology Khabar
  • १६ कार्तिक २०८०, बिहीबार