डिशहोमले क्रिकेट खेलाडीको हौसला बढाउन घोषणा गर्यो २० लाखसम्मको नगद पुरस्कार

Technology Khabar १५ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

डिशहोम परिवारले क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको आईसीसी मेन्स टी२० वर्ल्डकपअन्तर्गत एशिया क्वालिफायर २०२३ का लागि विभिन्न घोषणा गरेको छ।

डिशहोमले जसअन्तरगत विभिन्न विधामा नेपाली क्रिकेट खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ।

नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइलस्टोनलाई सम्मान गर्दै हरेक इनिङ्गमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेको जनाएको छ।

डिशहोमकाअनुसार नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्-

  • एकै खेलमा सेन्चुरी र ५ विकेट दुवै गरेमा २० लाख रुपैयाँ
  • सेन्चुरी गरेमा रु.१० लाख
  • ५ विकेट लिएमा ५ लाख
  • अर्ध शतक पुरा गरेमा रु.१ लाख
  • ३ विकेट लिएमा  रु.१ लाख
  • ३५ रनको लागि रु.५० हजार
  • ३ क्याच/स्टम्पिङ्ग गरेमा रु.५० हजार

प्रकाशित: १५ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया