
काठमाडौं ।
ओला इलेक्ट्रिकले अक्टोबरमा भारतमा २४ हजार यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। कम्पनीका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बिक्री साढे २ गुणा बढी हो।
तिहारको समयमा ओलाले आफ्नो बिक्री बढ्ने अपेक्षा गरेको छ।
ओलाका चिफ मार्केटिङ अफिसर अंशुल खंडेलवाले भने, ‘ईभीका लागि दशैंको सिजन अवश्विनिय रह्यो। हामीले नवरात्री र दशैंको अवधिमा ठूलो वद्धि देख्यौं।’
दशैंका लागि ओला इलेक्ट्रिक स्कुटर खरिद गर्नेका लागि कम्पनीले आकर्षक अफर ल्याएको थियो। अफरका कारण पनि ओला इलेक्ट्रिक स्कुटर ग्राहकको रोजाइमा परेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
उनले थप भने, ‘तिहार करिब आउँदै छ र हामीलाई आशा छ कि बिक्री अझै बढ्ने छ।’
ओला इलेक्ट्रिकले २०२३ मा करिब २ लाख भन्दा अधिक इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। ओला यस्तो उपलब्धि हासिल गर्ने पहिलो भारतीय ईभी कम्पनी भनेको छ। कम्पनीले गत वर्षको तुलनामा १०० प्रतिशत भन्दा बढी वृद्धि हासिल गरेको छ।
ग्राहकलाई आकर्षित गर्नका लागि ओला इलेक्ट्रिकले भारत ईभी फेस्ट पनि घोषणा गरेको छ। यसको सुरुवात १६ अक्टोबरदेखि भएको थियो।
यस योजना अन्तर्गत ओला इलेक्ट्रिकले आफ्नो एस वान प्रो सेकेन्ड जेनरेसन स्कुटरको ब्याट्रीमा कुनै अतिरिक्त शुल्क बिना ५ वर्षको एक्सटेन्डेट वारेन्टी र एस वान एयर इलेक्ट्रिक स्कुटरको ब्याट्रीमा ५० प्रतिशत छूटमा ५ वर्षको वारेन्टी दिइरहेको छ।
यसका साथै ईभी फेस्टमा ५ हजार भारुसम्म एक्सचेन्ज बोनस र क्रेडिट कार्डमा ७ हजार ५०० भारुसम्म छुट दिइरहेको छ।
ओलाले भारतमा ओला एस वान प्रो, ओला एस वान एयर र ओला एस वान एक्स बिक्री गर्दै आइरहेको छ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार