Technology Khabar १५ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक कारको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म २ हजार १३५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्म ७०५ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो।
गत आवको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक कारको आयात १ हजार ४३० यूनिट अर्थात २०२.८३ प्रतिशतले बढेको छ।
गत आवको असोज मसान्तसम्म २० अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको चालु आवमा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बारबरको आयात भएको छ।
० देखि ५० किलोवाट क्षमताको इलेक्ट्रिक कार १ अर्ब ७२ करोड २८ लाख ७१ हजार रुपैयाँ बराबरको ९५४ यूनिट आयात भएको छ।
५१ देखि १०० किलोवाट क्षमताको ३ अर्ब ३८ करोड २४ लाख २९ हजार बराबरको १ हजार १६६ यूनिट आयात भएको छ।
१०१ देखि २०० किलोवाट क्षमताको ४ करोड ९० लाख १२ हजार रुपैयाँ बराबरको १२ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
२०१ देखि ३०० किलोवाट क्षमताको २ करोड २८ लाख १२ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
इलेक्ट्रिक कारको आयातबाट सरकारले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
नेपालमा चीन, भारत, इन्डोनेसिया, जर्मनी र दक्षिण कोरियाबाट इलेक्ट्रिक कार आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा रकमको आधारमा चीन र संख्याको आधारमा भारतबाट सर्वाधिक इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
चीनबाट ३ अर्ब ५ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको १ हजार ५१ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
भारतबाट २ अर्ब ८ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको १ हजार ७३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
इन्डोनेसियाबाट १ करोड २२ लाख १७ हजार रुपैयाँ बराबरको ७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
जमर्नी र दक्षिण कोरियबाट क्रसश १ करोड १२ लाख १२ हजार रुपैयाँ
र ९४ लाख ३९ हजार रुपैयाँ बराबरको समान दुई यूनिट इलेक्ट्रिक कार आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: १५ कार्तिक २०८०, बुधबार