भारतको मानव अन्तरिक्ष अभियानका लागि परीक्षण रकेटको सफल प्रक्षेपण

  • Technology Khabar | ४ कार्तिक २०८०, शनिबार
भारतको मानव अन्तरिक्ष अभियानका लागि परीक्षण रकेटको सफल प्रक्षेपण

काठमाडौं ।

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले अन्तरिक्षमा गगनयान मिशनको पहिलो परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरेको छ। योसँगै भारतले मानवरहित अन्तरिक्ष यान अन्तरिक्षमा पठाउने दिशामा पहिलो कदम चालेको छ।

यो परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। सुरुमा यसको प्रक्षेपण बिहान स्थानीय समयअनुसार ८ बजे तय गरिएको थियो तर खराब मौसमका कारण पुनः ८ बजेर ४५ मिनेटमा तोकिएको थियो। तर, काउन्टडाउन सुरु भएपछि प्रक्षेपणको ५ सेकेण्डअघि कम्प्युटरमा प्राविधिक गडबडीका कारण यसको प्रक्षेपण रोकिएको थियो । यो समस्या समाधान गरिसकेपछि बिहान १० बजे पुनः प्रक्षेपण गर्ने समय तोकिएको थियो।

टिभी डी१, इसरोको गगनयान मिशनको पहिलो परीक्षण वाहन, क्रू एस्केप सिस्टमको परीक्षण गर्न अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। इसरो प्रमुख एस सोमनाथले टिभी डी१ क्रु मोड्युल मिसन सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिएका थिए।

टिभी ड१ ले अन्तरिक्ष यात्रीहरूका लागि बनाइएको विशेष चालक दल मोड्युल बोकेको थियो। रकेट टोलीले उक्त मोड्युललाई पृथ्वीको सतहबाट साढे १६ किलोमिटर माथि लिएर फेरि बंगालको खाडीमा अवतरण गरेको थियो। यस सफल परीक्षण पछि, इसरोले मानवलाई अन्तरिक्षमा पठाउने गगनयान मिशनको पहिलो चरण पूरा गर्न सफल भएको छ।

प्रकाशित: ४ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार