एक्सले दुई नयाँ प्रिमियर सब्सक्रिप्सन टियर्स लन्च गर्ने

Technology Khabar ४ कार्तिक २०८०, शनिबार

काठमाडौं ।

इलन मस्कले आफ्नो सोशल मिडिया प्लेटफर्म एक्समा प्रिमियम सब्सक्रिप्सनका लागि दुई नयाँ टियर्स (तहहरु) सुरू गर्ने बताएका छन्।
‘एउटा सबै सुविधाहरूको साथ कम लागत हो, तर विज्ञापनहरूमा कुनै कमी छैन, र अर्को महँगो छ, तर कुनै विज्ञापन छैन,’ अरबपतिले एक्स पोस्टमा भने।
यस हप्ता एक्सले नयाँ प्रयोगकर्ताहरूलाई प्लेटफर्म पहुँच गर्नको लागि न्यूजील्याण्ड र फिलिपिन्समा वार्षिक एक अमेरिकी डलर शुल्क लिन सुरु गरेको छ।
योजनका बारेमा मस्कले विस्तृत विवरण उपलब्ध नगराएको बीबीसीले उल्लेख गरेको छ।
सब्सक्रिप्सन शुल्क नतिर्ने ग्राहक पोस्ट पढ्ने, भिडियो हेर्न र अकाउन्टहरुमा फलो गर्न मात्र सक्षम हुने कम्पनीको वेबसाइटमा भनिएको छ।
यसका कुनै निःशुल्क विकल्प हुनेछन् भन्ने स्पष्ट छैन।
मस्कले प्लेटफर्ममा बटहरू र नक्कली अकाउन्टहरूबाट छुटकारा पाउनको लागि आफ्नो सोलुसन सर्भिसका  लागि शुल्क लिइरहेको बताउँदै आइरहेका छन्।
गत वर्ष मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेदेखि प्लेफर्मले निरन्तर राजश्वमा गिरावट देखेको बीबीसीले उल्लेख गरेको छ।
कम्पनीले आफ्नो राजश्व बढाउने उद्देश्यका लागि प्रयोगकर्तासँग शुल्क लिइरहेको देखिन्छ। प्लेटफर्मका रहेका बटसँग लड्न प्रयोगकर्तासँग शुल्क लिइरहेको मस्कले दाबी गर्दै आएका छन्।

प्रकाशित: ४ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया