Technology Khabar ७ कार्तिक २०८०, मंगलवार
काठमाडौं ।
हिन्दु धर्मावलम्बीको महान चाड दशैं तिहारमा मिठो मसिनो खाने र राम्रो लगाउने चलन छ। दशैंमा जसरी भएपनि पैसाको जवाड गरि मिठो मसिनो खाने र राम्रो लगाउने नेपालीको प्रवृत्ति छ।
अहिले अधिकांश नेपालीलाई मिठो खान र राम्रो लगाउन दशैं नै कुर्नु पर्ने बाध्यता छैन। आर्थिक अवस्था सुधार भएकाले चाहेको समयमा आफूलाई आवश्यक पर्ने वस्तुहरु खरिद गर्ने सामथ्र्यता बढेको छ।
यसका बावजुत अन्य समयको तुलनामा दशैंमा नेपालीले धेरै खर्च गर्छन्। यस्तै व्यावसायीहरुले पनि दशैंमा नेपालीहरुको खर्च गर्ने प्रवृत्तिलाई आफ्नो उत्पादन तर्फ आकर्षित गर्न विभिन्न अफरहरु ल्याउने गरेका छन्। नेपाली उपभोक्ता पनि अन्य समयको तुलनामा दशैंमा अतिरिक्त छुट र केही विशेष लाभ प्राप्त गर्न सकिने भएकाले मूल्यवान र विलाशी वस्तु किन्न दशैं कुर्ने गर्छन्।
यस्ता छन् दशैंका लागि भनेर इलेक्ट्रिक स्कुटर र मोटरसाइकल बिक्रेताले ल्याएका अफरः
प्योर ईभी

प्योर ईभीका लागि नेपालको आधिकारिक बिक्रेता वाइट लोटस मोटर्सले दशैंमा प्योरमा स्योर अफर ल्याएको छ।
यस अफर अन्तर्गत प्योर ईभीका स्कुटर र मोटरसाइकल खरिद गर्दा २० हजार रुपैयाँसम्म छुट पाइनेछ।
कम्पनीले निशुल्क एसेसरिजका साथै एक वर्षका लागि एक वर्षको रोड ट्याक्स पनि उपलब्ध गराउने छ।
यस्तै, ग्राहकले कुनै पनि ब्रान्डको पुराना स्कुटर तथा मोटरसाइकलसँग प्योर ईभीको नयाँ स्कुटर एक्सचेन्जका साथै फाइनान्स सुविधा लिन सक्नेछन्।
सुपर शोको

इलेक्ट्रीक दुईपाँग्रे सुपर शोकोको आधिकारिक विक्रेता कम्पनी डि–लाइफ स्टाइलले नगद तथा एक्सचेन्ज सहितको दशैं अफर ल्याएको हो।
कम्पनीको दशैं स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट छ।
कम्पनीले ल्याएको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा मोटरसाइकलसँग एक्सचेन्ज गर्न सक्नछन्। ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांकन भन्दा अतिरिक्त थप १० हजार रुपैयाँ पाउने छन्।
दशैं स्कीममा सुपर शोको टीसी म्याक्स र सीपीएक्समा कम्पनीले नगद ४० हजार रुपैयाँ छुट दिने जनाएको छ भने सीयू मिनी र सीयूएक्समा २० हजार नगद छुट उपलब्ध रहेको छ। त्यस्तै, अन्य मोडलमा भने ३० हजार रुपैयाँ छुट रहेको छ ।
यसका अलावा कम्पनीले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा एक वर्षको रोड ट्याक्स, २ वर्षको निशुल्क सर्भिसिङ, हेलमेट उपलब्ध गराउने जनाएको छ।
सुपर शोकोका स्कुटर तथा मोटरसाइकलमा ३ वर्षको ब्याट्री वारेन्टी तथा २ वर्ष वा २० हजार किलोमिटरसम्म मोेटरमा वारेन्टि दिँदै आएको छ।
लिफान

इलेक्ट्रिक स्कुटर लिफानका लागि नेपालको आधिकारिक बिक्रेता पिनाकल मोटार्डले ‘यसपाली दशैं लिफान सँगै’ स्कीम सार्वजनिक गरेको हो ।
लिफानले स्कुटर खरिदमा नगद छुट तथा एक्सचेन्ज र फाइनान्स सुविधासमेतको दशैं स्कीम सार्वजनिक गरेको हो।
अफर अन्तर्गत स्कुटर किन्ने ग्राहकले ५० हजारसम्म नगद छुटसहित १ वर्षको रोड ट्याक्स तथा १ वर्षको फ्री सर्भिस उपलब्ध गराउने भएको छ।
यस्तै, ग्राहकले कुनै पनि ब्रान्डको पुराना स्कुटर तथा मोटरसाइकलसँग लिफानको नयाँ स्कुटर एक्सचेन्जका साथै फाइनान्स सुविधा लिन सक्नेछन्। कम्पनीले ब्याज नलाग्ने स्कीममा समेत इलेक्ट्रीक स्कुटर उपलब्ध गराउँदै आएको छ।
लेभनिङ

लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले ‘शोरुम आयो, लेभनिङ पायो’ नामक दशैं अफर सार्वजनक गरेको छ।
कम्पनीले एक्सचेन्जलाई लक्षित गर्दै दशैं अफर ल्याएको देखिन्छ।
कम्पनीले दशैं स्कीम अन्तर्गत ब्याज नलाग्ने स्कीम तथा विभिन्न एशोसरिजहरु निःशुल्क उपलब्ध गराउने भएको छ। यसका साथै नगदमा स्कुटर किन्न चाहने ग्राहकले आकर्षक नगद छुट समेत पाउने कम्पनीले जनाएको छ।
लेभनिङको दशैं स्कीम अन्तर्गत ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन्। एक्सचेन्जमा कम्पनीले ३० हजार रुपैयाँसम्मको थप मूल्यांकन दिने ।
यो योजना अवधि भरमा ग्राहकले लेभनिङको शोरुम भिजिट गर्दा मात्र पनि इलेक्ट्रीक स्कुटर जित्न सक्नेछन्।
कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ। लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ। कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ।
हर्विन/इकुटर

हर्विन/इकुटर इलेक्ट्रिक स्कुटरले दशैं, तिहार लगायत चाडपर्वलाई लक्षित नगद छुटसहितको अफर सार्वजनिक गरेको छ।
प्रिमियम इलेक्ट्रीक स्कुटर ब्रान्ड हर्विन तथा इकुटरको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर वर्ल्डवाइड प्रालिले २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको हो।
यो फेस्टिभ स्कीममा इकुटर तथा हर्विनका स्कुटर खरिद गर्दा ग्राहकले मोडल अनुसार कम्तीमा २० हजार रुपैयाँ र बढीमा ५० हजार नगद छुट पाउने छन्।
इभोक इलेक्ट्रिक

इन्ड्युरो मोटर्सले इभोक इलेक्ट्रिकका उत्पादन फाइनान्समा उपलब्ध गराउने भएको छ। कम्पनीले फेस्टिभ सिजनको अवसरमा फाइनान्स स्कीम सार्वजनिक गरेको हो।
कम्पनीले ल्याएको फाइनान्स स्कीम अन्तर्गत इभोकका प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने भएको हो ।
कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको अर्वान क्लासिक र अर्वान एसको मूल्य क्रमशः १२ लाख ५० हजार र १२ लाख रुपैयाँ रहेको छ।
यी दुवै मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्ट गरेर ३० महिनाको किस्तामा बाँकी रकम बुझाउने गरी किन्न सकिने कम्पनीले जनाएको छ। यो स्कीममा ग्राहकले १५.५ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ।
लुयुआन
लुयुआन आधिकारिक बिक्रेता जिरो इमिसन राइडले दशैंका लागि अस्सीको शुन्य हातमा आयो आठ अफर ल्याएको छ।
यस अफर अन्तर्गत लुयुआनको स्कुटर खरिद गर्दा २० हजार रुपैयाँ नगद छुट, १ वर्षको सडक ट्याक्स र एउटा ब्राण्डेड हेलमेट निःशुल्क पाइनेछ।
कोमाकी

कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले दशैं, तिहार एवंम छठको उपलक्ष्यमा ‘उमेरको आधा अफर–उमेरको आधा जति, पाउनुहोस् हजारमा डिस्काउन्ट त्यति’ अफर ल्याएको हो। यस अनुसार उमेरको आधा जति, त्यति नै हजार डिस्काउन्ट पाइने छ।
उदारणका लागि जस्तै तपाईको उमेर ५० छ भने ५०÷२=२५ (उमेरको आधा) छुट पाइन्छ।
कोमाकी इभी किन्दा उमेर भन्दा ठ्याक्कै आधा बराबरको डिस्काउन्ट वा २० हजार रुपैयाँको फ्ल्याट छुट (जुनको रकम बढी हुनेछ, त्यही लागु हुने गरि) लागु गरिएको छ।
यसका साथै अन्य ब्राण्डको स्कुटर तथा मोटरसाइकल एक्सचेन्जमा मूल्यांकनमा अतिरिक्त २५ हजार रुपैयाँ वा ० प्रतिशत डाउनपेमेन्टमा साढे वर्षसम्मको ईएमआई सुविधामा गरेर कोमाकी ईभी किन्न सकिन्छ।
एनआईयू

इलेक्ट्रिक स्कुटर कम्पनीले एनआईयूले चाड पर्वको अवसरमा स्योरस्ट प्राइज अफर ल्याएको छ।
स्योरसट प्राइज अफर अन्तर्गत एनआईयू स्कुटर खरिद गर्दा मार्सेल एम्बर्टन, एप्पल एयरपोड सेकेन्ड जेन, सिल्भर टिका दानी, ब्लू एयर जोए एयर प्युरिफायर मध्ये एक उपहार छनोट गर्न सकिन्छ।
दशैं उपहार बम्पर उपहार योजना अन्तर्गत एकजनालाई आईफोन १५ कम्पनीले प्रदान गर्नेछ।
सेग्वे

सेग्वे इलेक्ट्रिकको नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले दशैंको बाहार क्यासै क्यासको उपहार योजना घोषणा गरेको छ।
कम्पनीले नगद छुटका साथै चाडको समयमा इलेक्ट्रिक खरिद गर्नेलाई स्कुटर कभर, थ्रर्ड पार्टी इन्स्योरेनस, १ वर्षको रोड ट्याक्स र एक वर्षको सर्भिसिङ उपलब्ध गराउँदै आएको छ।
साथै सहज एक्सचेञ्ज र फाइनान्स पनि उपलब्ध गराउने बताए छ।
प्रकाशित: ७ कार्तिक २०८०, मंगलवार