गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार
गैर आवासीय नेपाली संघको निर्वाचन ह्याकिङ भएको भन्दै साइबर ब्यूरोमा उजुरी

काठमाडौं ।

अनलाइन भोटिङ प्रणालीबाट गरिएको गैर आवासीय नेपाली संघको निर्वाचनको मतपरिणाम आएसँगै विवाद उत्पन्न भएको छ।

कार्तिक २ गतेको नतिजा अनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएका छन्। तर पराजित पक्षले ह्याक गरेर नजिता निक्लेको भन्दै विरोध गरेका छन्।

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए। उनले साइबर ब्यूरोमामा समेत यस विषयमा निवेदन हालेको पनि बताए। परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उनले उल्लेख गरे।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार