चीनद्वारा आठ अजार डिजिटल कार्यशाला तथा स्मार्ट कारखाना निर्माण

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार
चीनद्वारा आठ अजार डिजिटल कार्यशाला तथा स्मार्ट कारखाना निर्माण

काठमाडौं ।

चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारखाना निर्माण गरेको छ।

औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको एक अनुसन्धानको प्रतिवेदनले देखाएको छ।

चीनको लियानिङ प्रान्तको राजधानी शेन्याङमा आयोजित सन् २०२३ को ग्लोबल इन्डस्ट्रियल इन्टरनेट कन्फरेन्समा चाइना एकेडेमी अफ इन्डस्ट्रियल इन्टरनेटले औद्योगिक इन्टरनेटको नवप्रवर्तन तथा विकाससम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रले औद्योगिक नेटवर्क विकास नीति तथा कार्ययोजना ल्याएका छन्।

एकेडेमी प्रमुख लु चनकोङले फाइभ जी सामुदायिक नेटवर्क तथ्याङ्क र मानव निर्मित बौद्धिकता जस्ता प्रमुख प्रविधिको अनुसन्धान र विकासका साथै औद्योगिकरणले गति लिइरहेको बताए।

यसैबीच औद्योगिक नेटवर्कको तथ्याङ्क सुरक्षा गर्नका लागि प्रणालीको लगातार सुधार गरिएको बताइएको छ।

एक सयभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसले औद्योगिक नेटवर्कको सान्दर्भिक मापदण्ड थपेका छन् । लुले सान्दर्भिक तालिम ब्याचको स्थापना गरिएको जानकारी दिए। रासस/शिन्ह्वा

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार