
काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले “हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ। जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिङ्ग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
नजिकिँदै गरेको राष्ट्रिय चाड दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुने जनाएको छ।
आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन्।
प्रकाशित: २ कार्तिक २०८०, बिहीबार