नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

  • Technology Khabar | २ कार्तिक २०८०, बिहीबार
नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ?’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं ।

नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।

तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ। हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन्। दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित: २ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार