Technology Khabar १ कार्तिक २०८०, बुधबार
काठमाडौं ।
इनरुवास्थित देवानगन्ज गाउँपालिकाले १७ ओटा सामुदायिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले ल्यापटप हस्तान्तरण गरेको हो।
गाउँपालिकाका १६ ओटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मेननप्रसाद मेहताले जानकारी दिए।
शैक्षिक सुधार गर्न र प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गरिएको बताउँदै गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: १ कार्तिक २०८०, बुधबार