Technology Khabar ३० आश्विन २०८०, मंगलवार
काठमाडौं ।
नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा ६ अर्ब ६९ करोड २० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ८ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात १ अर्ब ७२ करोड ४३ लाख रुपैयाँ आर्थत २०.५ प्रतिशतले घटेको छ।
चालु आवको भदौ मसान्तसम्म भारतबाट १ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।
चीनबाट चालु आवको भदौ मसान्तसम्म ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।
अन्य मुलुकबाट चालु आवको भदौ मसान्तसम्म २० करोड ४२ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
प्रकाशित: ३० आश्विन २०८०, मंगलवार