
काठमाडौं ।
नेपाल राष्ट्र बैंकको पोखारा कार्यालयले बैंकहरुलाई क्यूआर कोड मार्फत भुक्तानी गरेर नयाँ नोट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। पोखरा कार्यालयको बैंकिङ इकाइअन्तर्गत विदेशी मुद्रा बिक्री, सिक्का बिक्री काउण्टर तथा मुद्रा व्यवस्थापन इकाइ अन्तर्गत नयाँ/सुकिलो नोट सटही काउण्टरमा कारोबार गर्दा ग्राहकबाट लिनुपर्ने नेपाली रुपैयाँको लागि क्यूआर कोड मार्फत समेत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकहरुले पोखरा कार्यालयमा क्यूआर कोड मार्फत नेपाली रुपैयाँ भुक्तानी गरेर विदेशी मुद्रा, सिक्का र नयाँ/सुकिलो नोट साट्न सक्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो।

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार