चर्चित गेम माइनक्राफ्ट ३०० मिलियन कपी बेच्न सफल

Technology Khabar ३० आश्विन २०८०, मंगलवार

काठमाडौं ।

चर्चित गेम माइनक्राफ्टले ३०० मिलियन भन्दा कपी बिक्री गर्न सफल भएको छ। स्यान्डबक्स गेमको रुपमा सन् २००९ मा मोजाङ स्टुडियोले माइनक्राफ्ट सार्वजनिक गरेको थियो। यसको लोकप्रियता यति धेरै छ कि दोस्रो स्थानमा रहेको ग्य्राण्ड थेप्ट अटो भीको १८० मिलियन कमी मात्र बिक्री भएको छ। यद्यपि ग्य्राण्ड थेप्ट अटो भी केही पछि २०१३ मा रिजिल गरिएको थियो।

माइनक्राफ्टले २०२० मा २०० मिलियनको अंक पार गरेको इनग्याजेडले उल्लेख गरेको छ।

मोजाङ स्टुडियोले यस उपलब्धिको घोषणा माइनक्राफ्ट लाईभ इभेन्टमा गरेको हो। उक्त कार्यक्रममा गेममा आउने नयाँ फिचर्स ट्रायल चेम्बर जसमा कोठा र कोरिडोरहरूको सिरिजका साथ जाल र भीड तपाईको नजिक आउने पनि सार्वजनिक गरिएको थियो। नयाँ स्टार वार्सः जेडी डीएलसी र प्लानेट अर्थ डीएलसी पनि विकासको क्रममा छ र क्रमशः ७ नोभेम्बर र अर्को वर्षको सुरुमा उपलब्ध हुनेछ।

‘हामी १५ औं वार्षिकोत्सव नजिकिँदै गर्दा माइनक्राफ्ट ३०० मिलियन भन्दा बढी कपी बिक्री गरेर हालसम्मको बिक्री हुने गेम्स मध्ये एक भएको छ,’ मोजाङ स्टुडियोका प्रमुख हेलेन चियाङले भने, ‘यो एउटा कोसेढुङ्गा हो जसको हामी सबैले हाम्रो पहिलो ब्लक राख्दा कसैले सपनामा पनि सोचेको थिएन।’

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया