टेस्लाको इभीले यसरी बचायो इजरायल-हमास युद्धमा मानव जीवन

Technology Khabar ३० आश्विन २०८०, मंगलवार

काठमाडौं ।

इजरायल र लडाकु समूह हमासबीच भिषण युद्ध जारी छ। मिडिया रिपोर्टहरुकाअनुसार हालसम्म हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। युद्धको समयमा इलेक्ट्रिक गाडीले मानिसको जीवन बचाएको समाचार आएको छ।

लडाकु समूह हमासको आक्रमणमा परेका एक इजरायली व्यक्ति कारको कारणले बाँच्न सफल भएका छन्। उक्त कार इलन मस्कको ब्रान्ड टेस्लाको रहेको छ।

मिडिया रिपोर्टकाअनुसार इजरायलमा जारी हमासको आक्रमणबाट टेस्लाको कारले मानव जीवन बचाएको हो। सोशल मिडिया प्लेटफर्म एक्समा भाइरल भएको यस पोस्टमा टेस्लाका मालिक इलन मस्कले पनि प्रक्रिया दिएका छन्।

जुन व्यक्ति माथि आक्रमण भएको थियो उनी असेम्बली प्वाइन्टमा टेस्ला ईभी चलाइरहेका थिए। रिपोर्टका अनुसार उक्त कार टेस्ला मोडल ३ थियो। उक्त व्यक्तिका अनुसार हमासका आक्रमणकारीले उनको कारमा मेसिन गनले आक्रमण गरेका थिए।

ईभी कार भएकाले फायरका बावजूद आगो लाग्न पाएको थिएन। इन्धन ट्याक्कीको गाडी भएको भए सम्भवत अधिक खतरा हुन सक्थ्यो। आक्रमणकारीले कारको टायरमा गोली हानेको उनले बताए।

टेस्लाको ईभीमा डुअल ड्राइभको फिचर हुन्छ। जसका कराण टायर क्षतिग्रस्त हुँदा पनि गाडी असन्तुलन एवं दुर्घटना हुनबाट बच्यो।

कारको टायरमा लगातार गोलीबारी हुँदा पनि उनी ११२ माइल प्रति घण्टाको गतिमा कार चलाएर अस्पताल पुगेका थिए।

टेस्ला मोडल ३ को विशेषता

कारको अमेरिक भर्सनमा तीन इलेक्ट्रिक पावरट्रेन विकल्पका साथ उपलब्ध छ। जसमा स्ट्यान्डर्ड प्लस, लन्ग रेञ्ज र परर्फर्मेन्स रहेको छ।

कम्पनीका अनुसार सिंगल चाजरमा यस भेरियन्टले करिब ४२३ किलोमिटर रेञ्ज प्रदान गर्छ सक्षम छ। यो ईभी ० देखि ९७ किलोमिटर प्रटि घण्टाको गति ३.१ सेकेन्टमा लिन्छ। यसको टप स्पीड २६१ किलोमिटर प्रति घण्टा छ।

सुरक्षालाई टेस्लाका गाडीको महत्वपूर्ण हिस्साको रुपमा लिइन्छ। कम्पनीले आफ्नो कार सेफ्टी स्ट्यान्डर्ड डिजाइनमा तयार गर्ने गर्छ।

टेस्लाको मोडल ३ ले सुरक्षाका लागि प्रत्येक श्रेणी तथा उपश्रेणीमा एनएचटीएसए (नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन) बाट ५ स्टार रेटिङ प्राप्त गरेको छ।

यस घटनामा प्रक्रिया दिँदै टेस्लाका संस्थापक इलन मस्कले भने, म खुसी छ, तपाई सुरक्षित हुनु हुन्छ। हाम्रो टेस्लाको लक्ष्य प्रोगकर्ताको सुरक्षा र आराम हो।

प्रकाशित: ३० आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया