
काठमाडौं ।
वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आज आयोजित १५औँ काठमाडौं म्याराथनमा फुल म्याराथनका विजेता होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ।
एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो। यस वर्ष, इनड्राइभले यस प्रतिष्ठित कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको थियो। म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्यो र ६०० सहभागीहरूलाई आकर्षित गर्यो जसले तीन महिनासम्म सँगै तालिम लिएका थिए। यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राखको छ।
यसका साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो । यो पहल, इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो।
किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालन रहने छ।
इनड्राइभको हेड अफ स्पोट्स, अन्ना फेडोरचकले भनिन्, “अविश्वसनीय रुपमा काठमाडौं म्याराथनमा सहभागी हुन पाएकोमा म साँच्चै खुसी छु। यस कार्यक्रमले मेरो हृदयमा विशेष स्थान राखेको छ। काठमाडौं म्याराथन खेलकुद प्रतियोगिता मात्र नभई, यो खेलाडीबीचको मानवीय दृढता, भावना र एकताको उत्सव हो। यसले सबै सीमाना पार गर्दै, जीवनका सबै क्षेत्रका व्यक्तिहरूलाई एकताबद्ध गर्छ, र खेलकुदको शक्ति प्रदर्शन गर्छ।”
‘योरपेस’ इनड्राइभको नयाँ चलिरहेको परियोजना हो जसले स्थानीय स्तरमा दौडका आयोजकहरूलाई समावेशी र पहुँचयोग्य ईभेन्टहरू सिर्जना गर्न स्रोतहरूसँग समर्थन गर्दछ। यसरी, यसले सामुदायिक विकासमा योगदान पुर्याउँछ, किनकि दौड शारीरिक क्रियाकलाप र समावेशी खेल हो जसले मानिसहरूलाई एकसाथ ल्याउँछ।
अक्टोबर १२ र १३ मा आयोजना गरिएको स्पोर्ट्स फेयर खेलकुद उद्योगको पहिलो एक्स्पो हो, जुन सबै उमेर समूहका खेलप्रेमीका लागि रोमाञ्चक अनुभव थियो। यो एउटा प्लेटफर्म थियो जहाँ खेलकुद उत्साहीले उपकरण, स्पोर्ट्स गियर, क्लोदिङ्ग, कुनै पनि खेलकुदको जानकारी, र खेलसँग सम्बन्धित कुनै पनि कुरा फेला पार्न सक्छन्। यो सबै खेल प्रेमीहरूको लागि उत्कृष्ट अवसर रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २८ आश्विन २०८०, आईतवार