नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

  • Technology Khabar | २७ आश्विन २०८०, शनिबार
नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

काठमाडौं ।

कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ।

जसका लागि कम्पनीले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो। हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ ।

हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ।

सुरुमा कम्पनीले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ।

जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले बताए।

हाइगर इभी भ्यानले ७० कि.वा. आवर ब्याट्रीका साथमा  सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज दिन्छ भने कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त छ।

कम्पनीकाअनुसार नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको  र ९० किलोवाट पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता छ।

प्रकाशित: २७ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार