
काठमाडौं ।
क्वालकमले क्यालिफोर्नियामा आफ्ना कार्यालयहरूमा रहेका १ हजार भन्दा बढी जागिरहरू कटौती गर्ने भएकाे छ। कम्पनीले दुई कार्यालयहरूमा १ हजार २ सय ५८ जागिरहरू कटौती गर्ने भएकाे हाे।
क्यालिफोर्निया रोजगार विकास विभागको फाइलिङले खुलासा गरेअनुसार चिप कम्पनीले मुख्यालय रहेको सान डिएगोमा १ हजार ६४ र सान्ता क्लारा कार्यालयहरूमा थप १ सय ९४ जागिरहरू हटाउने जीएसएमएरिनामा उल्लेख छ।
क्वालकममा हाल ५१ हजार भन्दा बढी कर्मचारीहरू छन्। यसले आफ्नो कार्यबलको २.५ प्रतिशत छोड्ने भएकाे हाे। रोजगारी कटौतीको मुख्य कारण कम्पनीको तेस्रो आर्थिक त्रैमासिकमा सुस्त चिप व्यवसायपछि राजस्वमा आएको गिरावट रहेकाे बताइएकाे छ।
ती जागिरहरू डिसेम्बर १३ सम्म खाली हुने तथा थप पुनर्संरचनाहरू हुने क्वालकमले फाइलिङमा खुलासा गरेको छ। यी कार्यहरू आर्थिक वर्ष २०२३ को चौथो त्रैमासिकमा टुङ्गिनेछ, जुन क्यालेन्डर २०२४ को शुरुवात हो।
क्वालकमले “म्याक्राे इकाेनाेमीक र डिमाण्ड इन्भायराेमेन्टकाे निरन्तर अनिस्चितता” को बीचमा घट्दो राजस्वको सामना गरिरहेको छ।
गत महिना, विश्लेषक मिङ-ची कुओले ह्वावेको सामनामा क्वालकमले प्रमुख ग्राहक गुमाउन सक्ने खुलासा गरेका थिए। चिनियाँ निर्माताले २०२३ मा ४० मिलियन भन्दा बढी एसओसी खरिद गर्यो तर २०२४ र त्यसपछिका लागि लाेकल पार्टनर्सहरूमा सर्दैछ।
प्रकाशित: २७ आश्विन २०८०, शनिबार