
काठमाडौं ।
संयुक्त राज्य अमेरिका र चीन बिच पहिलेदेखि नै तनावपूर्ण सम्बन्ध रहिआएको छ भने अब अमेरिकी सरकारले चीनलाई चिप बनाउने उपकरणको निर्यात सम्बन्धी अपडेट रेगुलेसन (अद्यावधिक नियमहरू) लाई अन्तिम रूप दिइरहेको हुनाले अमेरिकाको यस कदमले दुई राष्ट्र बीचको सम्बन्धमा थप तनावपूर्ण बन्ने भएको छ।
साथै उक्त नियमहरू प्रतिबन्धहरू कडा पार्ने र अवस्थित लुपहोल्स (कमजोरीहरू) बन्द गर्ने उद्देश्यका साथै विशेष गरी सेमीकन्डक्टर इक्वीपमेन्ट (उपकरणहरू) र उन्नत आर्टिफिसियल ईन्टेलिजेन्स चिपहरूको ढुवानीलाई लक्षित गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
चीनमा चिप बनाउने उपकरण निर्यातमा प्रारम्भिक प्रतिबन्धहरू सन् २०२२ को अक्टोबर ७ महिनामा लागू गरिएको थियो । यस प्रतिबन्धसँगै दुई आर्थिक पावरहाउसहरू बीचको द्विपक्षीय सम्बन्धमा तनाव उत्पन्न भएको उल्लेख छ।
स्टेट, डिफेन्स कमर्स एण्ड इनर्जी (राज्य, रक्षा, वाणिज्य र ऊर्जा) लगायत विभिन्न विभागहरू बीचको सम्झौता समावेश गर्ने सामान्य प्रक्रिया पछ्याउँदै, “एक्सपोर्ट कन्ट्रोल्स टू सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ्ग आईटम्स, ईन्टिटी लिस्ट मोडिफिकेसन्स” सेमीकन्डक्टर उत्पादन वस्तुहरूको निर्यात नियन्त्रणहरू, इकाई सूची परिमार्जनहरू“ शीर्षक भएको अद्यावधिक नियमलाई अफिस अफ म्यानेजमेन्ट एण्ड बजेट वेबसाइटमा पोस्ट गरिएको उल्लेख छ।
यी नयाँ प्रतिबन्धहरूले महत्त्वपूर्ण चिप बनाउने उपकरणहरू र अमेरिकाबाट उन्नत एआई चिपहरूमा चीनको पहुँचलाई सीमित गर्ने अनुमान गरिएको छ।
यस परिष्कृत निर्यात नियन्त्रणहरूको कार्यान्वयनले अमेरिका–चीन सम्बन्धलाई थप तनावपूर्ण बनाउने आशंका गरिएको छ। दुई राष्ट्रहरू बीचको तनाव पहिले नै उच्च भएको अवस्थामा यस प्रतिबन्धहरूले विश्वव्यापी टेक्नोलोजी आपूर्ति श्रृंखलाको लागि दूरगामी परिणामहरू हुन सक्ने र यसले विश्वव्यापी उद्योगहरू र अर्थतन्त्रहरूलाई असर गर्नेछ।
प्रकाशित: २३ आश्विन २०८०, मंगलवार