यसअघि रोकिएको बीई स्नातक तहको प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि हुने

  • Technology Khabar | २० आश्विन २०८०, शनिबार
यसअघि रोकिएको बीई स्नातक तहको प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि हुने
फाइल तस्विर

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले बीई स्नातक तहको प्रवेश परीक्षाको मिति तोकेको छ। यसअघि रोकिएको सो प्रवेश परीक्षा यहि कार्तिक १४ गतेदेखि संचालन हुने भएको छ।

संस्थानले सार्वजनिक गरेको सूचनाअनुसार २०८१ मा विभिन्न बीई/बीआर्क तहमा शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि लिईने परीक्षा भदौ २५ गतेदेखि संचालन हुनुपर्नेमा विशेष कारणवश संचालन हुन नसकेको उल्लेख छ।

“उक्त परीक्षा मिति २०८० कार्तिक १४ गते देखि संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै इन्जिनियरिङ्ग अध्ययन संस्थान कार्यान्वयन समितिको मिति २०८०।०६।१९ गतेको निर्णय नं. २८७९ अनुसार (४ बर्षको) धरौटी सहित नियमित तर्फ ५६,७००, पूर्ण शुल्कीय तर्फ रु.४,९०,००० र बिदेशी बिद्यार्थीको हकमा रु १३,१३,५०० शुल्क कायम गरिएको छ,” सूचनामा भनिएको छ।

यसका साथै यस भन्दा पहिले प्रवेश परीक्षा आवेदन फाराम भर्न छुट भएका आवेदकहरुले असोज २२ गते देखि २४ गते सम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भरीसक्नु पर्नेछ भने प्रवेश परीक्षा २०८० सम्बन्धी विस्तृत जानकारी असोज२१ गते साँझ ५:०० बजे प्रवेश परीक्षा बोर्डको वेबसाइट (https://entrance.ioe.edu.np) दिईने जनाएको छ।

प्रकाशित: २० आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार