
काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न आफ्नो वेबसाइटमा च्याटबोटको सुरुवात गरेको छ।
सोमबारदेखि सुरु भएको विश्व लगानीकर्ता सप्ताह–२०२३को उद्घाटन कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष रमेश हमालले च्याटबोटको सुरुवात गरिएको जानकारी दिए।
अध्यक्ष हमालले भने ‘अब लगानीकर्ताहरुले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सक्नेछन् यसमार्फत प्राप्त गुनासा र जिज्ञासा छिटोभन्दा छिटो सुनुवाइ गर्न हामी तत्पर छौँ।’
वित्तीय साक्षरताको एकमदै कमी भएको अवस्थामा बोर्डले सुरुवात गरेको च्याटबोटले केही हदसम्म साक्षरता बढाउन भूमिका खेल्ने अध्यक्ष हमालको विश्वास छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार