एक्सले कन्टेन्ट क्रिएटरहरूलाई तिर्यो २० मिलियन डलर

  • Technology Khabar | १४ आश्विन २०८०, आईतवार
एक्सले कन्टेन्ट क्रिएटरहरूलाई तिर्यो २० मिलियन डलर

काठमाडौं ।

सामाजिक संजाल एक्सले कन्टेन्ट क्रिएटरहरूलाई इन्गेजमेन्ट र रेभेन्यू बढाउन २० मिलियन अमेरिकी डलर तिरेको छ। पहिले ट्विटर भनेर चिनिने एक्स प्लेटफर्मले केही महिनाको आम्दानी बापत कन्टेन्ट क्रिएटरहरूलाई २० मिलियन डलर भुक्तान गरेको हो।

एक्सकी सीईओ लिन्डा याकारिनोले यसको क्रिएटर कम्यूनिटीमा प्लेटफर्मको महत्त्वपूर्ण लगानी घोषणा गरेकी हुन्। यो जुलाईमा सुरु गरिएको पहलले ५०० भन्दा बढी फलोअर भएका प्रमाणित प्रयोगकर्ताहरूलाई तिनीहरूको पोष्टहरूमा रिप्लाइहरूबाट उत्पन्न हुने विज्ञापन राजस्वको  शेयर हासिल गर्न सक्षम बनाउँछ। उनीहरूले गत तीन महिनामा ५ मिलियन भन्दा बढी ट्वीट इम्प्रेसनहरू प्राप्त गरेका उल्लेख छ।

एक्सका मालिक इलन मस्कले जुलाईमा प्रारम्भिक भुक्तानीहरू, फेब्रुअरी यता ५ मिलियन डलर संचित आय समावेश गरेको खुलासा गरे। भुक्तानमा भएको यो सुधारात्मक वृद्धिले कार्यक्रममा सामेल हुने  क्रिएटरहरूको द्रुत आगमन वा प्लेटफर्ममा विज्ञापन इम्प्रेसनरुरूमा भएको वृद्धिलाई सुझाव दिन्छ।

प्रयोगकर्ताहरूलाई अब इन्गेजिङ्ग कन्जरभेसनहरूलाई बढावा दिने परिवर्तनलाई हाइलाइट गर्दै उनीहरूको पोष्टहरूमा अन्तरक्रियालाई महत्व दिन प्रोत्साहन दिइने छ ।

रेभेन्यू शेयरीङ मोडलले  क्रिएटहरूलाई मात्र फाइदा नपुर्याएर प्लेटफर्मलाई विज्ञापनदाताहरूका लागि पनि लोभ्याउने उल्लेख छ।

विज्ञापनदाताहरूसँग अब आकर्षक सामग्रीमार्फत फराकिलो दर्शक माझ पुग्ने अवसर छ। कार्यक्रममा सहभागी हुनका लागि, एक्स प्रयोगकर्ताहरूले गत तीन महिना भित्र उनीहरूको पोस्टहरूमा न्यूनतम ५०० फलोअरहरू र ५ मिलियन अर्गानिक इम्प्रेसन बुस्ट गर्दै प्रिमियम वा प्रमाणित संस्थाहरूको सदस्यता लिनु पर्ने बताइएकाे छ।

यस कार्यक्रम अन्तर्गत आकर्षक र अर्थपूर्ण सामग्रीको कन्टेन्टलाई प्रोत्साहित गर्दै मुद्रीकरण गरिएका विज्ञापनहरू क्रिएटरहरूका पोष्टहरूको जवाफमा देखाइएका हुन्।

प्रकाशित: १४ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...