सूचना तथा सञ्चार क्षेत्रका प्रत्यक्ष वैदेशिक लगानीका कम्पनीले साढे ४ अर्ब लाभांश फिर्ता लगे

  • Technology Khabar | ११ आश्विन २०८०, बिहीबार
सूचना तथा सञ्चार क्षेत्रका प्रत्यक्ष वैदेशिक लगानीका कम्पनीले साढे ४ अर्ब लाभांश फिर्ता लगे

काठमाडौं ।

सूचना तथा सञ्चार क्षेत्रका प्रत्यक्ष वैदेशिक लगानीका कम्पनीले ठूलो परिमाणमा लाभांश फिर्ता लगेका छन्। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सन् २०२१/२२ अनुसार नेपालका सूचना तथा सञ्चार क्षेत्रका प्रत्यक्ष वैदेशिक लगानीका कम्पनीले ५ अर्ब ४० करोड २८ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन्।

अघिल्लो वर्ष सन् २०२१ मा यस्ता कम्पनीले १३ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन्।

सन् २०२२ असार मसान्तसम्मको सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ७३ करोड ३० लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ११ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार