माइक्रोनद्वारा भारतमा सेमीकन्डक्टर प्लान्ट निर्माणको थालनी

  • Technology Khabar | १० आश्विन २०८०, बुधबार
माइक्रोनद्वारा भारतमा सेमीकन्डक्टर प्लान्ट निर्माणको थालनी

काठमाडौं ।

माइक्रोनले भारतमा कम्पनीको २.७५ बिलियन अमेरिकी डलर (२२,५०० करोड भारतीय रुपैयाँ) लागत सहितको नयाँ सेमीकन्डक्टर प्लान्टको शिलान्यास गरेको छ।

उक्त लगानी चिप असेम्बली र टेस्ट फ्यासिलिटी (परीक्षण सुविधा) को लागि गुजरातस्थित सानन्दमा हुने उल्लेख गरिएको छ। साथै यो कम्प्लेक्स टाटा प्रोजेक्ट्सले निर्माण गरिरहेको छ।

यो फ्यासिलिटीले वेफरहरूलाई बल ग्रिड एरे (बीजीए) प्याकेजहरू, मेमोरी मोड्युल्स सोलिड–स्टेट ड्राइभस्मा रूपान्तरण गर्नमा केन्द्रित हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यो फ्यासिलिटिलाई एसेम्बली, टेस्ट, मार्किङ एण्ड प्याकेजिङ यूनिट (एटीएमपी) भनेर चिनिने छ भने यो सहरबाहिर ९३ एकडमा रहेको औद्योगिक पार्कमा अवस्थित हुनेछ।

यस परियोजनाले आगामी पाँच वर्षमा ५,००० प्रत्यक्ष रोजगारी र थप १५,००० सामुदायिक रोजगारीका सम्भावनाहरू सिर्जना गर्ने बताईएको छ।

भारतीय सञ्चार तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले आफ्नो फेसबुक प्रोफाइलमा ‘यो एसियाली मुलुकमा सेमीकन्डक्टर इकोसिस्टम विकास गर्ने सरकारको प्रतिबद्धताको सफलता भएको’ बताए।

यसअघि, प्रधानमन्त्री मोदीले भारतमा कारखाना खोल्न इच्छुक सबै कम्पनीहरूलाई ५० प्रतिशतसम्म सरकारी सहयोगको वाचा गरेका थिए।

प्रकाशित: १० आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...