बीवाईडीद्वारा भारतमा एकैदिनमा एटो ३ इलेक्ट्रिक एसयूभीको २०० युनिट डेलिभरी

Technology Khabar ९ आश्विन २०८०, मंगलवार

काठमाडौं ।

बीवाईडी इण्डियाले एकै दिनमा भारतका प्रमुख ६ सहरहरूमा आफ्नो एटो ३ इलेक्ट्रिक एसयूभीको २०० इकाइहरू डेलिभर गरेको छ। यस उपलब्धिलाई मनाउनका लागि भनेर कम्पनीले ग्राहकहरूसँग अन्तरक्रिया कार्यक्रमका साथसाथै एटो ३ को भी२एल (भेहिकल टु लोड) फिचरयुक्त जानकारी दिएको छ।

भी२एल फिचरले बाह्य उपकरणहरू (एक्सटर्नल डिभाइस) का साथै सानो कोठालाई पनि पावर दिनसक्ने र यसले आफ्नो मोडलको क्षमताहरू प्रदर्शन गरेको जनाइएको छ।

एटो ३ लाई भारतमा अक्टोबर २०२२ मा लन्च गरिएको थियो। मध्यम आकारको विद्युतीय एसयूभी बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित भएको छ र यसमा कम्पनीको ब्लेड ब्याट्री प्रविधि रहेको छ।

एटो ३ मा १५० किलोवाट (२०१ बीएचपी) र एटो ३ एनएम (न्यूटन–मिटर) टर्कको लागि ट्युन गरिएको सिङ्गल पीएमएस इलेक्ट्रिक मोटरद्वारा संचालित छ। यसले ७.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्ने र यसको उच्च गति १६० किलोमिटर प्रति घण्टा रहेको उल्लेख छ।

त्यसैगरी कारमा ६०.४८ केडब्ल्यूएच (किलोवाट–आवर ब्याट्री प्याक रहेको र यस ब्याट्रीले सिङ्गल चार्जमा ५२१ किलोमिटरको एआरएआई प्रमाणित दायरा प्रदान गर्ने दावी गरिएको छ। साथै यस ब्याट्रीलाई डीसी फास्ट चार्जर प्रयोग गरेर ५० मिनेटमा नै ० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ।

त्यसैगरी एटो ३ मा लेभल २ एडभान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम (एडीएएस) पनि रहेको र यसमा एडप्टिभ क्रूज कन्ट्रोल, लेन डिपार्चर वार्निङ्ग र स्वचालित आपतकालीन ब्रेकिङ जस्ता सुविधाहरू समावेश गरिएका छन्।

प्रकाशित: ९ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया