नेपाल टेलिकमका कर्मचारी हराए, देखेमा जानकारी दिन अनुरोध

  • Technology Khabar | ६ आश्विन २०८०, शनिबार
नेपाल टेलिकमका कर्मचारी हराए, देखेमा जानकारी दिन अनुरोध

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो कार्यालयमा कार्यरत कर्मचारी हराएको भन्दै सूचनामार्फत खोजीका लागि अनुरोध गरेको छ।

टेलिकमले विराटनगर उप महानगरपालिका वडा नं. ४ घर भई झापा जिल्ला. कन्काई न.पा.-३ डेरा गरी बस्दै आएका ३१ वर्षिय कर्मचारी दिलिप सुवेदी हराएको भन्दै भेटेमा खबर गर्न भनेको छ।

उनी नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुरुङ्गामा कार्यरत रहेको नेपाल टेलिकमको किताब शाखाले जनाएको छ।

सुवेदी भदौ ३० गते बिहानबाट सम्पर्कमा नरहेको भन्दै निजलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी चौकी या टेलिकमका कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गरेको छ।

प्रकाशित: ६ आश्विन २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ६ आश्विन २०८०, शनिबार