Technology Khabar ६ आश्विन २०८०, शनिबार
काठमाडौं ।
नवीकरणीय उर्जाको क्षेत्रमा एक अग्रणी कम्पनी टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीटीआरइएल)ले नेपालको ख्याति प्राप्त ब्यापारिक समूह दुगड ग्रुपको भगिनी कम्पनी दुगड पावर प्रालिसँग सहकार्यको हात अगाडि बढाएको छ।
नेपालमा द्रुतरत रुपमा विकास भइरहेको नवीकरणीय उर्जाको विकासमा टीटीआरइएलको रणनैतिक प्रवेशलाई यस सहमतिले बढावा दिने तथा दीगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रुपमा बढाउन यसले एउटा आधार तयार गर्ने बताइएको छ।
यस एकताले दुगड पावरलाई नेपालमा शुरुदेखि अन्त्यसम्मको दीगो उर्जा उत्पादनमा कोशेढुँगा बन्नमा मद्दत गर्ने उल्लेख छ। यो साझेदारी अफ ग्रीड उर्जा समाधानको सौर्य प्रविधिको रुपान्तरणका लागि रहेको उल्लेख छ।
इन्जिनियरीङ्गका लागि स्वीकार योग्य बनाइएको, यो सहकार्य यस क्षेत्रमा दीगो उर्जाको लागि लङ टर्म कमीटमेन्ट कायम राख्नको लागि रहेको बताइएको हो । यो सहमति नेपालमा आवश्यक रहेको विविध प्रकारको उर्जा आवशयकता समाधानको लागि १ किलोवाट देखि मेगावाट सम्मको रहेको बताइएको छ । सेल्स, तथा मोडुल्स, इन्जिनियरिङ्ग, खरिद, र निर्माण लगायत नेपाल भित्र हुने कार्य संचालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणको लागि यसले नयाँ क्षितिजको ढोका खोल्ने उल्लेख छ ।
टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्ना भन्छन्,- “दुगड पावर सँगको यो साझेदारी नेपालको उर्जाको क्षेत्रको इन्जिनियरिङ्गलाई पुनपरिभाषित गर्ने रणनैतिक एकता हो । जब हामी नेपालको उर्जाको सम्भाब्य बजार भित्र प्रवेश गर्छौं, एउटा परिवर्तनशील प्रभाव रहोस भन्ने हामी चाहन्छौं । दुवै कम्पनीहरु सँग रहेका श्रोतहरु र विज्ञताको एकताले यस क्षेत्रमा दीगो उर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिश्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं ।
,“टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनैतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौं । नेपालको दीगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो – दुगड पावर प्रालिका ब्यवश्थापकीय निर्देशक अभिशेक दुगडले बताए
टाटा पावर नवीकरणीय उर्जा लिमिटेड नवीकरणीय उर्जा क्षेत्रको नेतृत्वदायि खेलाडी हो ।यसले विश्वभरि नै ३ जीडब्लु भन्दा बढीको सेल र मोडुल बेचेको उलेख छ। ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीहरु लाई उर्जा दिएको बताइएकाे छ । दुगड पावरले नेपालको नविकरणीय उर्जाको क्षेत्रमा दक्षता हासिर गर्दछ । यी दुवै कम्पनीलेसंयुक्त रुपमा नेपालको उर्जा समाधानका लागि रुपान्तरणकारी कार्य गर्न क्षमता राख्दछन् ।
यो साझेदारीले परम्परागत ब्यापारिक एकताको सीमालाई नाघ्छन् । नेपालको उर्जा क्षेत्रलाई पुनपरिभाषित बनाउने लक्ष यस साझेदारीले राखेको छ । टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर प्राली दुवै कम्पनी नेपालको उर्जा क्षेत्रलाई अद्वितीय रुपमा नयाँ उचाइमा पुर्याउने रणनीतिक रुपमा सबल रहेका उल्लेख छ।
भारतको पावर कम्पनीहरु मध्ये सबैभन्दा ठूलो टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरइएल हो ।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार