
काठमाडौं ।
चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ। नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतिय सामाग्रीहरु- एलईडी टिभी, धुने मेसिन, फ्रिज, डिशवाशर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो।
ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन्। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने जनाएको छ।
यस एल. जी. शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शुन्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको बताईएको छ।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार