दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको युनियन चुनावमा दुई समूह भिडदै

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको युनियन चुनावमा दुई समूह भिडदै

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी युनियनहरुको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

कर्मचारीहरुको प्रतिनिधित्व गर्ने र हकहितको आवाज उठाउने युनियनमा नयाँ नेतृत्वको चुनाव यहि असोज ५ गते हुँदैछ। त्यसको लागि दुई समूहले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने देखिएको छ।

निर्वाचन समितिकाअनुसार एक समूहको नेतृत्व कैलाश कार्कीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा शिवराज जैशी रहेका छन्। दुबै अध्यक्ष पदका प्रत्याशी हुन्।

यस्तै कार्की समूहबाट उपाध्यक्षमा सरिता ज्ञवाली, सचिवमा धमेन्द्र मेहता, कोषाध्यक्षमा नवराज पुरी तथा सदस्यहरुमा ललित कला थापा, राजेन्द्र विक्रम शाही र बिष्णु हरि फुयाँल छन्।

त्यस्तै जैशीको समूहबाट उपाध्यक्षमा सोनु के.सि., सचिवमा राजु रिजाल, कोषाध्यक्षमा मनोज पौडेल र सदस्यहरुमा सागर कुमार भट्टराई, निरु कुमारी लेखक तथा राधेश्याम मल्ल प्रतिस्पर्धामा छन्।

निर्वाचन समिति संयोजक सुन्दर प्याकुरेलले असोज ५ गतेको निर्वाचनका लागि प्राधिकरणमा ट्रेड युनियनको अधिकार पाएका सबै कर्मचारीले मतदान गर्न पाउने र सोही दिन नै मत परिणाम सार्वजनिक गरिने तयारी गरेको जानकारी दिए।

नेपाल दूरसञ्‍चार प्राधिकरणका कर्मचारीहरुको(सेवा शर्त सम्बन्धी) विनियमावली,२०७६ अनुसार युनियनमा सहभागी हुने र मतदान गर्ने अधिकार सहायक निर्देशक र सो भन्दा मुनिका कर्मचारीहरुलाई रहेको छ। यस्ता कर्मचारीहरु करिब ५२ जना रहेका छन्।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ४ आश्विन २०८०, बिहीबार